पोखिएला भन्ने डर थियो मलाई तिम्रो जवानी ।
मैले नचाहेर पनि टुट्यो हाम्रो प्रेम बन्यो कहानी ।
खै किन लगायौ पर्खाल तिमिले मेरो चोखो पिरतीमा ।
झुटो प्रेमको नाटक गर्याै,खोट रैछ तिम्रो नियतिमा ।
हजार चोटी दुखायौ तिमिले मेरो मन तर दुखाईन मैले ।
मुटु माथि ढुंगा राखेर बसे तिम्रा साँथ छोडिन कहिले ।
मैले त मुटु जोड्न खोजेकै थिए, गयौ आफै टाढिएर ।
बैगुनी रैछेउ तिमि सन्देश पठायौ मलाई धम्की दिएर ।
मैले हार्दा तिमि जित्छेउ भने बरु म सधै हारि दिउला ।
म बिना तिमि एक्लै खुसी हुन्छेउ भने म सधै टाढै बसि दिउला ।
हजार चोट बरु म सहुला नरसाउन तिम्रा आँखाहरु ।
हजार दोष म मेटुला नडगमगाउन तिम्रा पाइलाहरु ।
लेखक : सबिनकुमार तोलाङ्गी