•            
    • sajhaonlinetv. com

    • ११ कार्तिक २०८२, सोमबार ०७:३२

    छठ पर्वको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले भनिन्– निर्वाचन सफल पार्न जुट्नुपर्ने छ।

    काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आज सोमबार छठ पर्वको शुभकामना दिँदै फागुन २१ गते तोकिएको निर्वाचन सफल पार्न सबै पक्षलाई जुट्न आग्रह गरेकी छन्।
    छठ पर्वको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको स्मरण गराएकी हुन्।
    ‘छठसहित हाम्रा चाडपर्वहरु हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन्। अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ,’ प्रधानमन्त्री कार्कीले सन्देशमा भनेकी छन्, ‘जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ। सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ।’
    प्रधानमन्त्रीले सडक प्रदर्शन मात्र सबै समस्याको समाधान नभएको उल्लेख गर्दै आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि भएको बताएकी छन्।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै