•            
    • sajhaonlinetv. com

    • २८ भाद्र २०८२, शनिबार ०७:१५

    रास्ट्रीय सम्पती ध्वंस गर्ने र जेनजीहरूमाथि नरसंहारकारी दमन गर्नेलाई कार्बाही होस : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ

    काठमाण्डौ । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजीहरूमाथि बर्बर दमन गर्नेहरूमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।
    आज चार बुँदामा आफ्ना धारणा सार्वजनिक गर्दै उनले घोषित मितिमै आम निर्वाचन सम्पन्न हुनुपर्नेमा पनि जोड एिका छन्।
    ‘भाद्र २३ गते आन्दोलनकारी जेनजीहरूमाथि बर्बर नरसंहारकारी दमन गर्ने र भाद्र २४ गते सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालत लगायत राष्ट्रिय महत्वका संरचना तथा व्यवासायिक, निजी संरचना सम्पतिमाथि आक्रमण गरी ध्वंस गर्ने तत्वहरूको छानविन गरी दोशीमाथि कारवाही गर,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, २०४७ साल देखि सरकार, संसद र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पति छानविन गरि अनियमित रुपमा आर्जित सम्पति राष्ट्रियकरण गर।
    प्रधानमन्त्री सुशीला कार्कीलाई हाम्रो समर्थन रहनेछ: नारायणकाजी
    श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाप्रति सचेत हुन पनि आह्वान गरेका छन्।
    सामाजिक सञ्जालमा उनले लेखेका छन्
    निम्न मुद्दा आजको हाम्रो मूल मुद्दा;
    एक, घोषित मितिमै आम निर्वाचन सम्पन्न गर,
    दुई ,भाद्र २३ गते आन्दोलनकारी जेन जीहरूमाथि बर्बर नरसंहारकारी दमन गर्ने र भाद्र २४ गते सिंहदरबार, सितलनिवास ,सर्वोच्च अदालत लगायत राष्ट्रिय महत्वका संरचना तथा व्यवासायिक ,निजी संरचना- सम्पति माथि आक्रमण गरी ध्वंस गर्ने तत्वहरूको छानविन गरी दोशीहरुमाथि कारवाही गर,
    तीन,भ्रष्टाचारीहरू माथि कारवाही गर ,सुशासन कायम गर। २०४७ सालदेखि सरकार, संसद र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पति छानविन गर र अनियमित रुपमा आर्जित सम्पति राष्ट्रियकरण गर,
    चार, राष्ट्रिय सार्वभौमिकता ,संविधान र लोकतन्त्रको रक्षा प्रति सचेत होऔं।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै