•            
    • sajhaonlinetv. com

    • ६ मंसिर २०८२, शुक्रबार ०४:५६

    २०८२ को बक्स अफिसमा ‘परान’को दबदबा, नेपाली सिनेमाको नयाँ रेकर्ड

    नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ ले २०८२ सालको सबैभन्दा सफल नेपाली फिल्मको रूपमा आफ्नो नाम दर्ज गराएको छ। प्रदर्शनको २१ औँ दिनसम्म आएको बक्सअफिस तथ्यांकअनुसार, बिहीबार साँझ ६ बजेसम्म फिल्मले १२ करोड ६६ लाख नेरु ग्रस कमाइ गर्दै वर्षकै शीर्ष स्थान ओगटेको हो।
    यससँगै ‘परान’ ले अनमोल केसी अभिनीत रोमान्टिक ड्रामा ‘जेरी अन टप’ को कमाइलाई समेत पछाडि पारिदिएको छ, जसले उही दिनसम्म १२ करोड १४ लाख नेरु ग्रस कमाइ गरेको थियो।
    दीपक आचार्य ‘काकु’ निर्देशित यो चलचित्रले आउँदो सप्ताहन्तमै १४ करोडको मार्क छुन सक्ने आकलन गरिएको छ। विकडेजमा समेत दैनिक ३० देखि ५० लाख नेरुको स्थिर कारोबार भइरहेको देखिने भएकाले बक्सअफिस प्रदर्शन अझै बलियो छ भन्ने संकेत गर्छ।
    फिल्मको निरन्तर सफल यात्रामा सकारात्मक ‘वर्ड अफ माउथ’ प्रमुख कारण बनेको छ। त्यस्तै, ‘परान’ अब चाँडै नै अन्तर्राष्ट्रिय बजारहरूमा पनि रिलिज हुन तयारी अवस्थामा छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै