काठमाण्डौ-अभिनेत्री आँचल शर्माको मुख्य अभिनय रहेको फिल्म एक मुठ्ठी बादलको ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले विवाहको तयारीमा रहेको परिवारको कथा देखाउँछ।
खुसीकै बीच आउने अप्रत्याशित घटनाले परिवारमा तनाव सिर्जना हुने संकेत ट्रेलरमा देखाइएको छ। साथै, सम्बन्धभित्र दबिएका भावना र पुराना विषयहरू बाहिर आउने कथावस्तु प्रस्तुत गरिएको छ।
सहारा शर्माको लेखन तथा निर्देशन रहेको फिल्म जेठ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।










