१५ मंसिर, काठमाडौं । सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गते जेनजी शहीद दिवसको रूपमा मनाइने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिए।










