•            
    • sajhaonlinetv. com

    • ८ चैत्र २०८२, आईतवार ०८:१०

    एकैदिन सुनमा १२,५०० रुपैयाँको गिरावट, चाँदी पनि सस्तो

    ८ चैत, काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ ले सार्वजनिक गरेको दरअनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ।
    यसअघि शनिबार सुन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो, जसको तुलनामा एकैदिन १२ हजार ५ सय रुपैयाँले भाउ घटेको हो। पछिल्लो एक सातामा मात्र सुनको मूल्य २७ हजार ४ सय रुपैयाँले घटिसकेको छ। गत आइतबार भने सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ पुगेको थियो।
    सुनको मूल्यमा गिरावट आउनुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव प्रमुख कारण मानिएको छ। तेलको मूल्य बढेसँगै विभिन्न देशले डलरको माग बढाउनुपरेको छ। सुन बिक्रीबाट डलर संकलन बढ्दा सुनको मूल्यमा दबाब परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। साथै, विश्वव्यापी रूपमा ब्याजदर बढ्ने दबाबले पनि सुनको आकर्षण घटाउँदै मूल्य ओरालो लागेको देखिन्छ।
    यता, चाँदीको मूल्य पनि घट्दो क्रममा छ। आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा झरेको छ। अघिल्लो दिन यसको मूल्य ४ हजार ८९५ रुपैयाँ थियो।
    पछिल्लो एक सातामा चाँदीको मूल्य ७३० रुपैयाँले घटेको छ। गत आइतबार ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य अहिले घटेर सो स्तरभन्दा तल झरेको हो।
    समग्रमा, अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपाली बजारमा सुनचाँदीको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै