•            
    • sajhaonlinetv. com

    • ७ चैत्र २०८२, शनिबार १०:३३

    कपिलवस्तुमा तनावपछि निषेधाज्ञा लागू, स्थिति नियन्त्रणमा

    ७ चैत, बुटवल । कपिलवस्तुको महाराजगञ्जस्थित बर्गदवा क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
    आज बिहान मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडको घटनापछि हिन्दू र मुस्लिम समुदायका युवाहरूबीच विवाद चर्किएको थियो। स्थिति थप बिग्रिन नदिन प्रशासनले दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भेला, सभा तथा जुलुसजस्ता गतिविधिमा पूर्ण रोक लगाएको जनाएको छ।
    प्रशासनका अनुसार निषेधाज्ञा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्मको क्षेत्रमा लागू गरिएको छ।
    राम नवमी र इद दुवै पर्व एकै दिन परेको कारण मन्दिर र मस्जिदमा धार्मिक कार्यक्रम चलिरहेका बेला माइकको आवाज चर्किएको विषयलाई लिएर विवाद सुरु भएको थियो। सोही विवादले झडपको रूप लिँदा दुवै पक्षबाट ढुंगा प्रहार भएको र घटनामा ५ जना सामान्य घाइते भएका छन्।
    निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार निषेधाज्ञा लागू गरेपछि अहिले अवस्था नियन्त्रणमा आइसकेको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै