काठमाण्डौ । हिजो शुक्रबार देखी देशभरका सिनेमा हलहरुमा नेपाली चलचित्र ‘तेल भिसा’ प्रदर्शनमा आएको छ । ‘पूर्णबहादुरको सारंगी’ को दबदबाकाबीच यो चलचित्र प्रदर्शनमा आएको हो ।
विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘तेल भिसा’ ले हलबाट राम्रो शो पाएको पाएको थियो । साझा अनलाईन टि.भिको टिमले काठमाण्डौ उपत्याका रहेका हलहरुमा निरिक्षण गर्दा अधिकाम्स हलहरुमा दर्सकहरुको उपस्थिती उल्लेख्य पायो । पूर्ण बहादुरको सारङगीको दबदबा भइरहदा पनि तेल भिसाले यो लेभलको दर्सकको माया पाउनु निकै राम्रो कुरा हो ।
‘तेल भिसा’ हेरेर फर्किएका अधिकाम्स दर्सकहरुका आखा रसाएक थिए । पूर्ण बहादुरको सारङगीले झै “तेल भिसा”ले दर्सकलाई रुवायो । पूर्ण बहादुरको सारङगीमा बुवा र छोराको सङघर्स र प्रेम लाई झल्काइएको छ भने “तेल भिसा” मा आमा र छोरा बिच को प्रेम र समबन्धको बारेका देखाएको छ ।
ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्मलाई शंकर घिमिरेले निर्देशन गरेका हुन्। यस फिल्मले बुहारी स्याहार्न विदेश गएको सासुले अमेरिका पुगेपछि भोग्नुपरेको कानुनी झमेलालाई समेटेको छ। यस फिल्मले डायस्पोराको ममस्पर्शी कथा प्रस्तुत गर्छ। फिल्ममा दोहोरो चरित्रमा देखिएका विपिन बुवा र छोराको भूमिकामा छन्।
विपिन र वर्षासहित फिल्ममा पूजा चन्द्र, ऋचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डेको समेत अभिनय छ।
प्रीन्स युबराज कार्की कार्यकारी निर्माता रहेको नेपाली फिल्म “तेल भिसा” मा अनिल पान्डे, शिब राज कार्की निर्माता रहेका छन ।