•            
    • sajhaonlinetv. com

    • २४ कार्तिक २०८३, सोमबार ०९:१७

    पल शाह र प्रदीप खड्कासँग स्क्रिन सेयर गर्दै सिम्रन पन्त र जुना विश्वकर्मा

    नेपाली फिल्म क्षेत्रमा दुई चर्चित अभिनेता पल शाह र प्रदीप खड्का एकसाथ पर्दामा देखिने भएका छन्। केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सको संयुक्त निर्माणमा बन्न लागेको नयाँ फिल्मको आज पूजा गर्दै शुभमुहूर्त गरिएको छ। फिल्ममा पल र प्रदीपसँगै अभिनेत्री सिम्रन पन्त र जुना विश्वकर्माको पनि अभिनय रहनेछ।
    कृषा चौलागाईंको निर्देशनमा बन्ने फिल्ममार्फत जुना विश्वकर्माले नेपाली रजतपटमा डेब्यु गर्दैछिन्। फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना र सुरज तमुलगायत कलाकारको समेत अभिनय रहने निर्माण पक्षले जनाएको छ।
    मङ्सिर महिनाबाट म्याग्दीका रमणीय स्थानमा छायाङ्कन सुरु गरिने फिल्मको बाँकी छायाङ्कन काभ्रेको बनेपामा गरिनेछ। फिल्मको कथा तथा संवाद अभिमन्यु निरविले तयार पारेका हुन् भने छायाङ्कनको जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हाल्नेछन्।
    विशाल चौलागाईं निर्माता रहेको फिल्ममा सविन ढुङ्गाना फाइनान्स म्यानेजर र रविन बख्रेल प्रोडक्सन म्यानेजरका रूपमा रहनेछन्। फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहनेछ भने वसन्त अधिकारी मुख्य सहायक निर्देशकका रूपमा रहनेछन्।
    फिल्मको वितरण आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन्। ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ।
    पल शाह र प्रदीप खड्कासँग सिम्रन पन्त र जुना विश्वकर्माको सहकार्य रहने यो फिल्म आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमले राखेको छ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै