•            
    • sajhaonlinetv. com

    • २७ श्रावण २०८३, बुधबार १५:०७

    ‘म मदनकृष्ण’मा वर्षा राउत र अरुण क्षेत्रीको जोडी

    काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउत जोडिएकी छन्। निर्माण पक्षका अनुसार वर्षाले फिल्ममा हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्नेछिन्। हरिवंशको भूमिकाका लागि अभिनेता अरुण क्षेत्री चयन भएका छन्।
    वर्षा र अरुणले पहिलोपटक एउटै पर्दामा सहकार्य गर्न लागेका हुन्। फिल्मले मदनकृष्ण श्रेष्ठको व्यक्तिगत जीवनदेखि उनको कलायात्रा, संघर्ष, सफलता तथा जीवनका विभिन्न उतार–चढावलाई कथाको केन्द्रमा राख्नेछ।
    ‘म मदनकृष्ण’को निर्देशन मिलन चाम्सले गर्नेछन्। चाम्सले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित बायोपिक ‘अञ्जिला’ निर्देशन गरेका थिए।
    फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने उनकी पत्नीको भूमिकामा केकी अधिकारी रहनेछिन्। मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको लामो सहकार्य तथा अन्तरजातीय विवाहसम्मका महत्वपूर्ण घटनालाई फिल्ममा समेटिने निर्माण पक्षले जनाएको छ।
    फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायत कलाकारको पनि अभिनय रहनेछ।
    भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहने ‘म मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन्। फिल्मले नेपाली कला क्षेत्रमा विशिष्ट योगदान दिएका मदनकृष्ण श्रेष्ठको जीवनका पर्दापछाडिका संघर्ष र प्रेरणादायी यात्रालाई दर्शकमाझ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै