•            
    • sajhaonlinetv. com

    • २२ श्रावण २०८३, शुक्रबार १२:४६

    ‘लज्जावती’को प्रेमिल गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक

    काठमाडौं । आगामी २९ साउनदेखि देशभर प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘लज्जावती’को प्रेमिल गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक गरिएको छ।
    सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाबीचको प्रेम, आत्मीयता र विछोडपछिको भावनात्मक यात्रालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। गीतको दृश्यांकनले प्रेम, पीडा र सम्झनाका क्षणलाई जीवन्त बनाउँदै दर्शकको मन छुने प्रयास गरेको छ।
    गीतमा चर्चित गायक थानेश्वर गौतमको सुमधुर स्वर रहेको छ भने शब्द भीमकुमार ओझाले सिर्जना गरेका हुन्। गीतमा सन्तोष बिसीको संगीत रहेको छ, जसले गीतलाई अझ भावपूर्ण बनाएको छ।
    चलचित्र ‘लज्जावती’लाई निर्देशक राजबहादुर सानेले निर्देशन गरेका हुन्। चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन् भने कार्यकारी निर्माता दिनेश बुढाथोकी रहेका छन्। चलचित्रका निर्माता कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका हुन्।
    सामाजिक यथार्थ, प्रेम, सम्बन्ध र मानवीय संवेदनाको कथामा आधारित चलचित्रमा मेनुका माझी, श्रीकृष्ण निरौलासहित अन्य अनुभवी तथा प्रतिभाशाली कलाकारहरूको अभिनय रहेको निर्माण पक्षले जनाएको छ। चलचित्रको कथा, संगीत, छायांकन र प्रस्तुतिलाई दर्शकले रुचाउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
    सार्वजनिक गरिएको गीतले दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। भावनात्मक शब्द, कर्णप्रिय संगीत र उत्कृष्ट दृश्यांकनका कारण गीतले चलचित्रप्रति दर्शकको उत्सुकता अझ बढाएको छ।
    आगामी २९ साउनदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘लज्जावती’ले नेपाली चलचित्र क्षेत्रमा फरक स्वादको प्रेमकथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै