•            
    • sajhaonlinetv. com

    • १७ माघ २०८२, शुक्रबार ०८:२८

    बालेनको चुनावी प्रचार खटिएका दिनेश सिटौला अचानक बेहोस

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचार अभियानका क्रममा अछाम पुगेका दिनेश सिटौला अचानक बेहोस भएका छन्। नुवाकोट स्थायी घर भएका ४४ वर्षीय दिनेश सिटौला बेहोस भएसँगै टाउकोमा गम्भीर चोट लागेको टोली स्रोतले जनाएको छ।
    उनको अवस्था गम्भीर भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित ग्रान्डी अस्पताल ल्याउने तयारी गरिएको छ।
    पेशा अनुसार चलचित्र पत्रकार रहेका सिटौला बालेनको चुनावी अभियान सुरुदेखि नै सक्रिय रूपमा सहभागी हुँदै आएका थिए। उनी चलचित्र पत्रकार सङ्घका पूर्व अध्यक्षसमेत हुन्। साथै, उनी फिल्मी अनलाइन ‘द सिनेमा टाइम्स नेपाल’का सञ्चालकका रूपमा पनि परिचित छन्।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै