•            
    • sajhaonlinetv. com

    • २ जेष्ठ २०७९, सोमबार ०७:४१

    ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका युवा नेता निशान्त शर्मा निर्वाचित

    ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका युवा नेता निशान्त शर्मा निर्वाचित भएका छन् ।

    निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५०७ मतले पछि पार्दै शर्मा अध्यक्षमा विजयी भएका हुन् । उनि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । जनाताले सर्माको कामको उच्च मुल्याङ्कन गरेर फेरी गाउपालिका को अध्यक्ष्यमा निर्बाचित गराएका छन ।

    शर्माले ३ हजार १९८ मत प्राप्त गरेका छन् भने थापाले २ हजार ६९१ मत पाएका छन् ।

    यसैबीच गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापा चिशंखुगढी गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई एक हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित भएका हुन् ।

    थापाले तीन हजार ११६ र राईले दुई हजार ५० मत प्राप्त गरेका छन् । चिशंखुगढी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

    पालिकाको आठ वडामध्ये चार वडामा माओवादी केन्द्रले जितेको छ । वडा नम्बर १ मा उषा कटुवाल, २ मा नरेन्द्र बस्नेत, ५ मा नेत्र भट्टराई र ४ मा हिमाल राई विजयी भएका हुन् ।

    वडा नम्बर ६ र ७ मा कांग्रेसका उम्मेदवार बलराम कटुवाल र मुघाधन राई विजयी भएका छन् । वडा नम्बर ८ मा एमालेका उम्मेदवार सुशीलजंग कार्की वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ३ मा वडाध्यक्षका उम्मेदवारहरुको मत बराबरी भएपछि पुन: मत गणना गरिएको छ ।

    अन्य पालिकाहरुको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्लाको मोलुङ , खिजिदेम्बा र चम्पादेभी गाउपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै