•            
    • sajhaonlinetv. com

    • १३ पुष २०८२, आईतवार ०५:५७

    रास्वपामा बालेनलाई दोस्रो वरीयता, सभापतिपछि पहिलो नाम बालेन्द्र शाहकै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पार्टी सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा राख्ने निर्णय गरेको छ।
    रास्वपा नेता तथा एकताका लागि गठित कार्यदलका सदस्य शिशिर खनालका अनुसार सहमति पत्रमा औपचारिक रूपमा उल्लेख नभए पनि पार्टीको आन्तरिक निर्णयअनुसार बालेनलाई दोस्रो वरीयता दिइने भएको हो। उनले उक्त जानकारी साझा अनलाइन टिभि लाई दिएका हुन्।
    खनालले भने, ‘सहमतिमा स्पष्ट लेखिएको छैन। बालेनजीले म केन्द्रीय सदस्य मात्रै बन्छु भन्नुभएको हो। तर प्रधानमन्त्री बन्ने लक्ष्य राख्नुभएको नेताको सम्मान त्यसरी नदिई त कहाँ हुन्छ र ! मैले नै उहाँलाई दोस्रो वरीयतामा राख्ने प्रस्ताव गरेको हुँ।’
    उनका अनुसार बालेनले कुनै औपचारिक पद नलिए पनि पार्टी बैठकहरूमा सभापतिपछि बोलाइने नाम उनकै हुनेछ। ‘पार्टीको समग्र नेतृत्व रवि लामिछानेले गर्नुहुन्छ, संसदीय फाँटको नेतृत्व पनि उहाँकै हुन्छ। त्यसैले बालेनलाई दोस्रो वरीयतामा राखिएको हो,’ खनालले थपे।
    शनिबार मध्यरातसम्म चलेको छलफलपछि रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच आइतबार बिहान एकता सहमति भएको हो।
    सहमतिअनुसार पार्टीको नेतृत्व रवि लामिछानेले नै गर्नेछन् भने आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सार्ने समझदारी भएको छ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै