काठमाण्डौ, चीन पुगेको नेपाली चलचित्र टोलीले चीन चलचित्र अभिलेखालय र चलचित्र कला अनुसन्धान केन्द्रको अवलोकन गरेको छ। टोलीमा रहेकी अभिनेत्री स्वस्तिमा खड्काले यो भ्रमण नेपाली–चिनियाँ सिनेमा मार्फत सांस्कृतिक आदानप्रदानका लागि अर्थपूर्ण र फलदायी भएको बताइन्। चिनियाँ महोत्सवमा नेपाली फिल्म प्रदर्शन हुनु महत्वपूर्ण रहेको उनको भनाइ छ।










