•            
    • sajhaonlinetv. com

    • २१ जेष्ठ २०८३, बिहीबार १६:५८

    टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा

    काठमाडौँ । चर्चित टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) लाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बिहीबार न्यायाधीश टेकनाथ गौतमको इजलासले प्रारम्भिक प्रमाण तथा मिसिल अध्ययनपछि अनुसन्धानका क्रममा संकलित आधारहरू पर्याप्त देखिएको भन्दै थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश जारी गरेको हो।
    यस मुद्दामा सरकारी पक्षबाट तीन जना सरकारी वकिलले बहस प्रस्तुत गरेका थिए भने अधिकारीको तर्फबाट आठ जना कानुन व्यवसायीले प्रतिरक्षा बहस गरेका थिए।
    अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी गत शनिबार राति नेपाल ल्याइएको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
    एक व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले २०८२ चैतमा अधिकारीसहित १० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
    अदालतको पछिल्लो आदेशसँगै अधिकारी अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा रहनेछिन्। यो प्रकरणले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै