ओखलढुंगा जिल्लाको चम्पादेबी गाउपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नवराज केसी निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार दिला माया मगर निर्बाचित भएकी छिन् ।
ओखलढुंगा जिल्लाको चम्पादेबी गाउपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नवराज केसीले चार हजार सात सय ४७ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार खड्ग बहादुर कार्कीले चार हजार पाँच सय ६० मत ल्याएर पराजित भएका छन् ।
त्यस्तै गरि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका झलक तामाङले तिन सय ९७ मत ल्याएर तेश्रो स्थान हासिल गरेका छन् भने स्वतन्त्र उम्मेदवार खेम मित्रले ३० मत मात्र ल्याएका छन् ।
गाउपालिकाको उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार दिला माया मगर निर्बाचित भएकी छिन् । उनले चार हजार छ सय १३ मत ल्याउदा उनकी प्रतिस्पर्धि नेपाली कांग्रेसकी उम्मेदवार कुसा मगरले चार हजार चार सय ७८ मत ल्याएर पराजित भएकी छिन् ।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी आसा राईले पाँच सय ६७ मत ल्याएकी छिन् ।
चम्पादेबी गाउपालिकामा जम्मा दस हजार एक सय ४० मत खसेको ओखलढुंगा जिल्लाका निर्बाचन अधिकारी महेन्द्र बहादुर थापाले साझा अनलाईन टिभिलाई जानकारी गराए ।










