चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धनकी उम्मेदार रेणु दाहाले २९ मतले अग्रता लिएकी छिन । महानगरको १४१९५ मत गन्दा माओवादीबाट गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ५७१८ मत ल्याएकी छन् । यस्तै एमाले मेयरका उम्मेदवार विजय सुवेदीले पनि ५६८९ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २७८८ मत पाएका छन् । उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ६९८५ र राप्रपाका उम्मेदवार हिमला गुरुङले ४६४५ मत पाएकी छिन् ।










