पाल्पा जिल्लाको रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापा बिजयी भएका छन । थापाले १० हजार ४५६ मत प्राप्त गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत प्राप्त गरे ।
यस्तै उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । १० हजार ३०७ मत ल्याएर बालकुमारी थापा उपमेयरमा निर्वाचित भइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी रानाले १० हजार २५० मत ल्याएकी छन् ।










