•            
    • sajhaonlinetv. com

    • ३ जेष्ठ २०७९, मंगलवार १४:२२

    रामजी खाँड र माया पार्देको “मै कुरी बसौला” म्युजिक भिडियो सार्वजनिक

    चर्चित लोक गायक रामजी खाँड र माया पार्देको “मै कुरी बसौला” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    चर्चित लोक गायक रामजी खाँड र माया पार्देको सुमधुर आवज रहेको “मै कुरी बसौला”बोलको गीतको म्युजिक भिडियो आज रामजी खाँडको आफ्नै अफिसिएल युटुभ च्यानल “रामजी खाँड” बाट सार्वजनिक भएको छ ।
    मारु डिजिटल स्टुडियोमा रेकड गरिएको उक्त गीतको शब्द तथा संगित स्वंयम गायक तथा मोडेल रामजी खाँडकै रहेकोे छ भने यारेन्ज सुदिप सागरको रहेको छ ।
    म्युजिक भिडियोमा चर्चित मोडेल गिता ढुंगाना र गायक तथा मोडेल रामजी खाँडको दमदार प्रस्तुती देख्न सकिन्छ ।
    उक्त म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका छन । छायाङकन चर्चित छायाँकार नवराज उप्रेतीको रहेको छ भने भिडियो सम्पादन तथा कलरिङ प्रकाश धमलाको रहेको छ ।

    मिठो मिठो बासना चलेको त्यतै छ ।
    लाग्छ मेरो मायाँलु त्यतै छ ।
    साझ साझ आउनु है यहि बाटो ।
    म कुरी बसौला दोबाटो ।
    उक्त गीतको म्युजिक भिडियोमा कला, प्रबिधि र बिचारको उच्चतम समायोज गरिएको छ । शब्द,संगित, गायन, छायांकन,कलाकारहरुको अभिनय र निर्देशकीय पक्ष निकै सवल देखिन्छ । भिडियोमा कैद गरिएका दृष्यहरु निकै मनमोहक छन् जसले दर्शकहरुलाई हेर्न निकै चाख लाग्दो रहेको छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै