•            
    • sajhaonlinetv. com

    • ३ जेष्ठ २०७९, मंगलवार १५:३५

    अर्थमन्त्री शर्माका बजेटमा के के छन ?

    अर्थमन्त्री जर्नादन शर्माले आगामी बजेटले सम्भाव्य आयोजनाहरूमा मात्र बजेट प्रस्ताव गर्ने धारणा राखेका छन ।

    अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्ने क्रममा यस्तो जानकारी दिएका हुन्। 

    मंगलबार संसद खुलेसँगै सुरू भएको बजेट अधिवेशनमा शर्माले बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरे।

    समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लक्ष्य राखिएको बजेटले उत्पादन, रोजगारी सिर्जना र सम्बृद्धिको मार्गमा अघि बढ्ने उल्लेख गरेको छ ।

    कृषि, सडक, विद्युतीकरण, खानेपानी, स्वास्थ्य तथा शिक्षालाई ग्रामीण विकासको स्तम्भका रूपमा विकास गर्ने उल्लेख गरेको छ। घरबारबिहीन तथा भूमिहीन नागरिकलाई सुरक्षित आवास प्रबन्ध गर्ने लगायतका सामाजिक कार्यक्रम समेत समावेश हुने बताइएको छ। 

    बजेटले सार्वजनिक ऋण र वैदेशिक सहायतालाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र, उत्पादनशील क्षेत्र र पुँजी निर्माणमा उपयोग गर्ने बताइएको छ । 

    मुख्य लक्ष्यः

    • खेतीयोग्य सबै जमिनको उपयोग गत भूमिगत तथा सतह सिँचाइ सुविधा विस्तार
    • किसानहरूलाई सहकारीमा संगठित गर्ने
    • उत्पादनमूलक उद्योग स्थापना र सञ्चालनमा प्रोत्साहन
    • निजी क्षेत्रमैत्री नीति तथा कार्यक्रम
    • सार्वजनिक निजी साझेदारीमा उद्योग सञ्चालन
    • राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरूको निर्माण
    • स्थानीय तहलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कम्तीमा बाह्रै महिना सञ्चालन हुने सडक
    • पूर्वाधार निर्माणमा निजी क्षेत्रसँग साझेदारी
    • ठूला र जलाशययुक्त आयोजनाका लागि स्रोत व्यवस्थापन
    • निर्माणधीन जलविद्युत् आयोजना र प्रसारण लाइन सम्पन्न 
    • माध्यमिक शिक्षा हासिल गरेका विद्यार्थीलाई आयआर्जनमा आवश्यक सीपयुक्त बनाउने
    • सबै नागरिकलाई आधारभूत खानेपानी
    • निर्माण सम्पन्न हुने चरणमा रहेका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन
    • कोभिड प्रभावित पर्यटन क्षेत्रसम्बद्ध व्यवसायको पुनरूत्थान
    • आर्थिक रूपले सक्रिय जनशक्तिलाई आन्तरिक रोजगारीमा अवसर
    • बहुपक्षीय र द्विपक्षीय सहकार्यमार्फत वैदेशिक लागनी प्रवर्द्धन 
    • वन क्षेत्रको दिगो विकास, उपयोग र वातावरण संरक्षण तथा कार्बन उत्सर्जन न्यून गर्ने

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै