सर्लाही जिल्लाको बलरा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्बाचित भएका छन । मेयरमा रामाशंकर प्रसाल कुशवाहा र उपमेयरमा कोशिला देवी निर्वाचित भएका हुन् ।
कुशवाहाले ४ हजार ६४३ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका अभयकुमार सिंहले ३ हजार ६३१ मत पाए ।
यस्तै गरी उपमेयरमा निर्वाचित कोशिला देवीले ४ हजार ३५१ मत ल्याइन् भने उनकी निकटतम् प्रतिस्पर्धी लोसपाकी रागनी देवीले ३ हजार ७४० मत प्राप्त गरिन् ।
बलरामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेस विजयी भएको थियो ।










