सर्लाहीको हरिपुर्वा नगरपालिकामा मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्बाचित भएका छन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार साह तेली विजयी भएका हुन् । साहले ५ हजार ९९ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धीमा जनता समाजवादी पार्टीका योगनारायण राय १ हजार ६०६ मत अन्तरले पराजित हुन पुगे । उनले ३ हजार ४९३ मत मात्र प्राप्त गरे । यस्तै उपमेयर पदमा पनि नेपाली कांगे्रसकी सुमित्रा देवी ग्वारनी ४ हजार ३९१ मतसहित विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनिता देवी यादवले ३ हजार ४०० मत प्राप्त गरिन् ।










