चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहाले १६१७ मतले अग्रता लिएकी छिन । महानगरको २२४२४ मत गन्दा माओवादीबाट गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ९८०१ मत ल्याएकी छन् ।
यस्तै एमाले मेयरका उम्मेदवार विजय सुवेदीले पनि ८१८४ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले
४४३९ मत पाएका छन् । उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ११७४० र राप्रपाका उम्मेदवार हिमला गुरुङले ६६६८ मत पाएकी छिन्










