कंचनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार निर्बाचित भएका छन् । कंचनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार किशोरकुमार लिम्बुले ७ हजार १०४ मत ल्याएर मेयर पदमा निर्वाचित भएका हुन् ।
लिम्बुले ७ हजार १०४ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार भट्टलाई पराजित गरे । भट्टले ६ हजार १७१ मत पाए ।
उपमेयरमा भने नेपाली कांग्रेसकी गंगादेवी जोशी विजयी भएकी छन् । जोशीले ६ हजार ३६५ मत पाउँदा उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी खिमा चन्दले ५ हजार ८२२ मत ल्याएकी छन् ।
दोधाराचाँदनीमा एमालेले पहिलो पटक जित हात पारेको युवा संघ नेपालका निवर्तमान अध्यक्ष वचनबहादुर सिंहले बताए । ‘२०४६ सालपछि पहिलो पटक एमाले यहाँको नेतृत्वमा पुगेको हो,’ उनले भने, ‘२०७४ सालमा उपमयेर जिते पनि मेयरमा लिम्बु हार्नु भएको थियो ।’
दोधाराचाँदनी नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्रभाव क्षेत्र मानिन्छ । तर यसपटक कांग्रेस गढमा बहुमत वडाध्यक्षसहित एमाले विजयी भएको छ ।










