गोरखा जिल्लाको गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्बाचित भएका छन भने उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचितभएका छन् ।
मेयरमा माओवादी केन्द्रका उम्मेदवार कृष्ण राना र उपमेयरमा नेपाली कांग्रेसकी मसली माया थोकर निर्वाचित भएका हुन् ।
रानाले ८ हजार ९६४ मत ल्याए भने नेपाली कांग्रेसका राजनराज पन्तले ७ हजार १०८ मत मात्र प्राप्त गरे ।
उपमेयरमा निर्वाचित कांग्रेसकी थोकरले ७ हजार ४५३ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका नारायण खत्रीले ६ हजार ७१८ मत प्राप्त गरे । एमालेका उम्मेदवार देवीबहादुर बस्नेतले ४ हजार ९३४ मत ल्याएका छन् । नगरपालिकाको मेयर/उपमेयरमा माओवादी र जसपा बीच चुनावी गठबन्धन भएको थियो ।










