सर्लाहीको जिल्लाको बागमती नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा भरतकुमार थापा र उपमेयरमा लीलाकुमारी मोक्तान निर्वाचित भएका हुन् ।
थापा पुन: नगरपालिकाको प्रमुख को रुपमा निर्वाचित भएका हुन । उनि २०७४ को स्थानिय चुनाव पनी निर्वचित भएका थिए । जनताले थापा लाई पुन नगर प्रमुखको जिम्मेवारी सुम्पेका छन । उनले ११ हजार ३५७ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका टंकबहादुर बस्नेत ‘गोकुल’ले ७ हजार ३६८ मत मात्रै पाए ।
मोक्तान पनि दोस्रो कार्यकालका लागि उपप्रमुखमा निर्वाचित भएकी हुन् । उनले १० हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत ल्याइन् ।
बागमतीसहित माओवादी केन्द्रले सर्लाहीमा चारवटा पालिकामा जित निकालेको छ । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले बलरा नगरपालिका र रामनगर गाउँपालिका जितेको थियो ।










