चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहाले २३८५ मतले अग्रता लिएकी छिन । महानगरको २७८२४ मत गन्दा माओवादीबाट गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले १२३५२ मत ल्याएकी छन् ।
यस्तै एमाले मेयरका उम्मेदवार विजय सुवेदीले पनि ९९६७ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले
५३५५ मत पाएका छन् । उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १४६११ र राप्रपाका उम्मेदवार हिमला गुरुङले ८०७४ मत पाएकी छिन्










