चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहालले ३००१ मतले अग्रता लिएकी छिन । महानगरको ३२८३६ मत गन्दा माओवादीबाट गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले १४७६६ मत ल्याएकी छन् ।

यस्तै नेकपा एमाले मेयरका उम्मेदवार विजय सुवेदीले पनि ११७६५ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६०९० मत पाएका छन् । उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १७०९६ र राप्रपाका उम्मेदवार हिमला गुरुङले ९५०१ मत पाएकी छिन्










