•            
    • sajhaonlinetv. com

    • ५ जेष्ठ २०७९, बिहीबार १६:३८

    राष्ट्रको हितको लागि सोची राष्ट्रिय संकल्प गर्नु पर्ने अवस्था आएको छ : अर्थमन्त्री शर्मा

    अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको बताएका छन् । बिहीवार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

    मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४ सय वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताए । उनले त्यो बेला टेन्डर भएका सडकलाई भने आफुले नरोकेको समेत जानकारी दिए ।

    अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको भन्दै मन्त्री शर्माले अब सरकारले आफ्ना कुरा, सदनले आफ्ना कुरा र जनताले आफ्ना कुरा नभएर सरकार, सदन र जनताका एउटै कुरा, एउटै संकल्प गरेर देशको गरिवी अन्त्य गर्न लाग्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

    ‘विगत सरकारले गरेका कार्यक्रमहरुलाई न्युनिकरण गरियो कि भन्ने प्रश्न छ त्यो भ्रम मात्रै हो । अघिल्लो सरकारले ल्याएका १४ सय सडकहरु २४ लाखका थिए । त्यसलाई कार्यन्वयन नगर्ने भनेर राखिएको थियो, प्रतिस्थापन विद्येयक राख्दा त्यो कुरामा समग्रलाई राखेर सबै कटाइयो भनेको जस्तो गरियो,’ उनले भने, ‘ती सडक बनेर लाभ दिने र खर्च हुने अवस्थाहरु पनि थिएन । त्यसमा टेण्डर भएर अगाडि बढेका आयोजनालाई रोकिएको छैन ।’

    अर्थमन्त्री शर्माले मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र बनाउनको लागि उत्पादन र उत्पादत्व बढाउनु पर्ने आवश्यकता भएकाले आगामी वर्षको बजेटको प्राथमिता त्यता तिर रहेको बताए । उनले राजनीतिक दलहरुले आर्थिक क्षेत्र र विकासलाई राजनीतिकरण नगरेर राष्ट्रको हितको लागि सोची राष्ट्रिय संकल्प गर्नु पर्ने अवस्था आएको बताए ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै