•            
    • sajhaonlinetv. com

    • १७ चैत्र २०७८, बिहीबार १७:०७

    ओलीले बालुवाटारको बंकरमा बसेर राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य छलफल गर्थे : माधव नेपाल

    १३ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाइएको बंकरभित्र बसेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोग्य वार्ता गरेको आरोप लगाएका छन् । बालुवाटारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरसँग पनि भेटेर सेटिङमा संसद विघटन गरिएको उनले आरोप लगाए ।

    पार्टी निकट पत्रकारहरुलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘बालुवाटारमा घर बनाए । त्यहाँ बंकर पनि बनाइएको छ । बंकर किन बनाएका होलान् ? किनभने तपाईंले सुन्नुभयो नेपाली सेनाका प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुरा भयो । भनेपछि उनको दिमागमा बंगलादेश चलिरहेको थियो ।’

    तत्कालीन प्रधानन्यायाधीश जबरासँग भेटेर स्थानीय चुनावमा कुन न्यायाधीश र कुन प्रहरीलाई कहाँ खटाउने भनेर गृहकार्य गरेको नेपालले बताए । त्यसको सूचना सरकारी संयन्त्रमार्फत् आफूले पाएको उनले बताए ।

    उनले एमाले अध्यक्ष ओलीले गरेका गलत कामको सूची बनाएर सार्वजनिक गर्न उनले पार्टी निकट पत्रकारहरुलाई निर्देशनसमेत दिए ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै