•            
    • sajhaonlinetv. com

    • १३ जेष्ठ २०७९, शुक्रबार ०३:५२

    काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउन सबैसँग सहकार्य गर्नेछौं : नवनिर्वाचित मेयर बालेन्द्र शाह

    काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरपालिकाका सम्पुर्ण मतदातालाई धन्यवाद दिएका छन्। 

    महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका साह २३ हजार ४ सय २६ मतान्तरले विजयी भएका छन्। निर्वाचित भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको राष्ट्रिय सभागृह पुगेर साहले विजय र्‍याली सुरु गरेका छन्। 

    साहले काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउनका लागि सहकार्य गर्नका लागि अपिल गरेका छन्। ‘काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउनका लागि सबैजना मिलेर सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु धन्यवाद!’ साहले भने।

    साहलाई निर्वाचन अधिकृत कार्यालयका पदाधिकारीले बधाई तथा शुभकामना दिएका थिए। त्यसपछि संक्षिप्त सम्बोधन गर्दै बालेनले अबको ५ वर्षमा आफ्ना एजेण्डालाई सम्पन्न गर्ने धारणा प्रस्तुत गरे। 

    ‘स्थानीय निर्वाचनको जुन परिणाम आएको छ यसलाई हामीले हाम्रो विजयभन्दा पनि कार्यको सुरुवात हुनेछ। अबको ५ वर्षमा हाम्रो एजेण्डाहरुलाई पूर्ण रुपमा कार्यसम्पन्न गर्ने धारणा रहेको छ,’ उनले भने, ‘सम्पूर्ण नगरवासी र उपस्थिति साथीभाइ, परिवाजनलगायत सबै महानगरलाई हामीले परिवारको रुपमा लिएका छौं।’

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै