•            
    • sajhaonlinetv. com

    • ६ जेष्ठ २०७९, शुक्रबार ०३:१६

    नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार विजयी

    बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार विजयी भएका छन् । उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई विजयी भएका हुन् ।

    कांग्रेस उम्मेदवार विष्ट २३ हजार ४६० मतसहित नगरप्रमुख चुनिंदा नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए । राप्रपाका उम्मेदवार नन्दलाल वैश्यको पक्षमा ७ हजार ५९८ मत पर्यो ।

    नगर उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई १७ हजार ९५० मतसहित विजयी भएका छन् । एमाले उम्मेदवार शान्ति देवी ढकालले १० हजार ९१५ मत पाएकी छन् । राप्रपाकी बिन्दु चर्तिमगरले १० हजार १३५ मत पाएकी छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै