•            
    • sajhaonlinetv. com

    • १६ चैत्र २०७८, बुधबार १३:१८

    सुनिलको ‘झम्के साँझ’ मा पल र प्रकृतिको रोमान्स

    अभिनेता पल शाह नाबालिग बलात्कारको अभियोगमा थुनामा छन् । तर उनले अभियोग लाग्नु अगाडि अभिनय गरेको भिडियो भने अहिले सार्वजनिक भइरहेका छन् । 

    यस्तैमा पल अभिनित गायक सुनिल गिरीको नयाँ गीत ‘झम्के साँझ’ को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । लोकपप शैलीको गीतको भिडियो अभिनयमा पललाई अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् ।



    गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाको पनि स्वर छ । भिडियोमा रोदी घरमा हुने ‘झम्के साँझ’ मा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सा समेटिएको छ ।



    दिपेन्द्र तिमल्सिनाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, मनोज कार्कीको सम्पादन छ ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै