•            
    • sajhaonlinetv. com

    • ६ जेष्ठ २०७९, शुक्रबार ०८:३५

    बलात्कारसम्बन्धी कानुनमा पुनर्विचार गर्न कांग्रेसका महामन्त्री गगन कुमार थापाको जोडदार माग

    आज सुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभाका सांसद गगन कुमार थापाले सुन्दरी प्रतियोगितामा भाग लिएकी किशोरीमाथि भएको यौनहिंसाको अनुसन्धान अघि बढाउन जोडदार माग गरेका छन्।  उनले हिजो (बिहीबार) साँझ आफू घरमा जाँदा आफ्नो श्रीमती र दुईवटा छोरीहरु उक्त भिडिओ हेरेर डराएको क्षण संसदको रोष्ट्रमबाट सम्झिए। 

    ‘सभामुख महोदय, हिजो साँझ घर जाँदा श्रीमती र दुईवटा साना साना छोरीहरु सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको भिडियो, जसमा आफूलाई ८ वर्षअघि आफूलाई बलात्कार भएको घटना जसमा बताइरहेकी थिइन्’, थापाले अघि भने,‘त्यसको प्रतिक्रिया उनीहरुले अनुहारमा डराएको क्षण म सम्झिरहेको छु। म सम्माननीय समाभुखमाफर्त नेपाल सरकारलाई यत्रो विषय सार्वजनिक भइसकेपछि जसलाई अभियोग लागेको छ त्यसलाई तत्कालै अनुसन्धानको दायरमा ल्याउनका लागि हार्दिक अनुरोध गर्दछु।’साथै, उनले संसदबाट बनाएको बलात्कारसम्बन्धी कानुनमा पुनर्विचार गर्नका लागि सभामुखमार्फत निर्देशन दिनका लागि अनुरोध गरे। 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै