•            
    • sajhaonlinetv. com

    • ७ जेष्ठ २०७९, शनिबार ०२:१६

    विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता निर्बाचित

    विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता नागेश कोइराला निर्बाचित भएका छन । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणाम अनुसार कोइराला ३० हजार १७० मत ल्याएर निर्बाचित भएका हुन ।
    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४५५ मत पाए । स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव तेस्रो भए । 

    यसैगरी सो महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी भइन् । उनले जसपाका अमरेन्द्र यादवलाई पराजित गर्दै विजयी भएकी हुन् । शिल्पाले २५ हजार ६८० मत पाउँदा अमरेन्द्रले १४ हजार २१९ मत पाए । 
    विराटनगरमा सत्ता गठबन्धन रहेको थियो । जसअनुसार काँग्रेसले मेयर र जसपाले उपमेयर पाएको थियो । जसमा गठबन्धन तोड्दै उपमेयर एमालेले जितेको हो । 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै