चितवानको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ७ हजार ४६५ मतले अग्रता लिएकी छिन् । एमालेका उम्मेदवार बिजय सुबेदिको हार्ने सम्भावना रहेको लगभग सतप्रतिसत भएको चितवनका एमाले कार्यकर्ताको अनुमान छ ।
अब गन्न बाकी वडाहरुमा बिजय कमजोर छन । रेनुकै मत बढी आउने आङ्कलान छ । सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहाले यो समाचार तयार पार्दा सम्म महानगरपालिकामा ८९ हजार ७७५ मत गणना हुँदा रेनुले ३५ हजार २३० र एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ८५२ मत पाएका छन् ।










