नेपाल आयल निगमले खाना पकाउने ग्यासको मुल्य १२.५ प्रतिसतले बढाएर प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ बनाएको छ । पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुर्याएको छ ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।लामो समय कोभिड १९ को चपेटामा परेर निकै कमजोर भएका नेपाली गरीब जानाता मा राज्यले एक्कासी यती धेरै मुल्य बृद्दी गरेर जनाताको ढाड सेक्ने काम गरिरहेको छ । के राज्यले आफ्ना सस्थान हरुको नाफा घाटा मात्र हेर्ने हो ? के राज्यले जनतालाई पर्न गएको असुबिधा र अफठेरोलाई ध्यान दिनु पर्दैन ? गरीब जनताको चुलो कसरी बलिरहेको छ भन्ने कुरा ध्यान दिनु पर्दैन ? के राज्यले ब्यापार गर्ने हो ?










