•            
    • sajhaonlinetv. com

    • ८ जेष्ठ २०७९, आईतवार १८:०५

    “ढुंगेखानीमा”चर्चित मोडेल सायाँ भण्डारी निक्स शर्मा सँग भागिन

    सुर्य खड्का र रिना अधिकारी थापाको सुमधुर स्वर रहेको नेपाली लोक दोहोरी गीत “ढुंगेखानीमा” को म्युजिक भिडियो सार्जजनिक भएको छ ।
    नेपाली सांगेतिक क्षेत्रमा लामो समय देखि क्रियासिल लोक गायक सुर्य खड्का र रिना अधिकारी थापाको सुमधुर स्वर रहेको नेपाली लोक दोहोरी गीत “ढुंगेखानीमा”को म्युजिक भिडियो युटुभमा सुर्य खड्काको आफ्नै अफिसिएल युटुभ च्यानल बाट सार्वजनिक भएको छ । उक्त गितको शब्द तथा लय परिवेश जंग राणाको रहेको छ भने यारेन्ज योगेस काजीको रहेको छ । त्यस्तै गरि म्युजिक भिडियोको छायांकन तथा निर्देशन दुर्गा पौडेलले गरेका छन् भने भिडियो सम्पादन नबिन घर्ति मगरले गरेका छन् । श्रीङगार श्याम मल्लले गरेका छन् ।
    “ढुंगेखानीमा” चर्चित मोडेल सायाँ भण्डारी र निक्स शर्माले अभिनय गरेका छन् । साँया र निक्सको राम्रो क्यामेष्ट्री देखिएको छ । भिडियोमा उनिहरुको प्रेम सम्बन्ध राम्रो रहेको देखिन्छ र एउटा कार्याक्रमबाट निक्स शर्मा सँग सायाँ भण्डारी भाग्छीन।
    भण्डारीले भिडियोमा निकै दमदार प्रस्तुती दिएकी छिन् । उनको अभिनयको प्रसंस्सा योग्य छ ।
    म्युजिक भिडियो ग्रामीण जिवन ,रिति ,रिवाज, सस्कार र सस्कृतिको बिषय देखाउन खोजिएको छ । शब्द, संगित,कला, प्रबिधि र बिचारको सही सयोजन गरिएको छ । म्युजिक भिडियो निर्देशकले गीतलाई न्याय गरेका छन् । गीत हेर्दा निकै रमाइलो अनुभुती हुन्छ ।
    ग्रामिण भेगमा हुने कला र सस्कृति लोप हुँदै गइरहेको अवस्थामा उक्त गीतले नेपाली समाजमा आफ्नो कला र सस्कृतिलाई बिर्सनु हुँदैन भन्ने सन्देश दिन खोजिएको छ ।
    समाजमा सकारात्मक कुरा मात्र छैनन । थुप्रे बिकृति र बिसंगतीहरु पनि छन् । ति बिकृति र बिसंगती सुद्धिकरण गर्दै समाजको बिकास गर्नु पर्छ भन्ने भाव बोकेको देखिन्छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै