चितवान जिल्लाको भरतपुर महानगरपालिकामा एक लाख १९ हजार २५३ मतगणना हुँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओबादी केन्द्रकी नेत्री रेणु दाहालले ११ हजार ७४० मतको अग्रता लिएकी छिन । रेनु दाहालले ४८ हजार ३०५ मत ल्याएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले ३६ हजार ५६५ मत ल्याएका छन्।

यस्तै नेपाली काङग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ५४२ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीले ४९ हजार २१४ मत ल्याएका छन् भने हिमला गुरूङले २८ हजार ६०४ मत ल्याएकी छन्। अहिले २६ र २७ नम्बर वडाको मत गणना भइरहेको छ भने २८ र २९ को बाँकी छ। रेनु दाहालको अग्रता नै ११ हजारभन्दा धेरै भइसक्दा भरतपुरमा अब १० हजारभन्दा कम मत मात्र गन्न बाँकी छ। योसँगै रेनुले जित हासिल गरी सकेकी छिन । आधिकारिक रुपमा घोसणा गर्न मात्र बाकी रहेको कुरा माओबादी केन्द्रका एक नेताले जानकारी दिए ।










