चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले भरतपुर महानगरपालिका भित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गर्ने निर्णय गरेकी हुन्।

आज बुधबार बिहान पदभार ग्रहण गर्दै दाहालले सो निर्णय गरेकी हुन्। साथै, उनले भरतपुर महानगरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गरिने निर्णय पनि गरेकी छिन्। यो बीमा सरकारी अस्पतालमा जन्मिएका छोरीहरुका लागि मात्र लागू हुनेछ।
पदभार ग्रहण गर्दै छोरीलाई गरिने बीमा एक लाखको हुने र अवधि १५ वर्ष हुने उनले बताइन् । साथै, उनले महानगरपालिकाभित्र पर्ने चौकी डाँडादेखि गोलाघाटसम्म २ वर्षभित्र खानेपानी पुर्याउने निर्णय गरेकी छिन्।
मङगल बार निर्वाचित भए पछी सन्चारकर्मी सँग प्रतिकृया दिदै बिपान बर्ग र महिलाको लागि लक्षित प्रहिले निर्णय गर्ने धारणा राखेकी थिइन । आज उनले आफ्नो प्रतिबद्दता पुरा गरेकी छिन ।










