•            
    • sajhaonlinetv. com

    • ११ जेष्ठ २०७९, बुधबार ०६:५१

    काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी

    काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शा र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् । मतगणना सकिनु अघि नै उनिहरुले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् ।

    अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।

    साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ ।  काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै साह विजयी भएका हुन् ।  यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै