चर्चित मोडल गरिमा शर्मा ‘लण्डन टु पेरिस’ चलचित्र बाट ठुलो पर्दामा देखिने भएकी छिन । नेपाली मोडलिङ क्षेत्रमा चर्चित मोडल गरिमा शर्मा नेपाली कथानक चलचित्र ‘लण्डन टु पेरिस’ बाट ठुलो पर्दामा देखिने भएकी छिन । मोडल शर्मा र चलचित्र निर्माण टिमबीच लिखित सम्झौता भएर वर्कसप गरिहरेकी छिन। शर्माको यो डेब्यु चलचित्र हो ।

एबी इन्टरनेसनलको ब्यानरमा बन्ने ‘लण्डन टु पेरिस’ले फिल्म उद्योगमा आफूलाई राम्रोसँग उभ्याउने गरिमाले विश्वास गरेकी छिन्। निर्माण टिमले गरिमाले चलचित्रमा कस्तो भूमिका निर्वाह गर्ने छिन् भनेर नखुलाएपनि उनी महत्वपूर्ण भूमिकामा देखिने जनाएको छ। दर्जनौ उत्कृस्ट म्यूजिक भिडियोमा अभिनय गरेर लाखौ दर्शकहरुको मन जित्न सफल भएकी शर्मा फिल्ममा आफूले पाएको भूमिकालाई लिएर निक्कै उत्साहित छिन् ।

गरिमा शर्माले यती छोटो समयमा सफल्ता हासिल गर्नुमा उनको काम प्रतिको लगनसिल्ता र इमान्दारिता नै मुख्य कारण हो । उनि आफ्नो काम प्रती निकै बफादार र लगनसिल छिन् । आफुले जिम्मा लिएको काममा सत प्रतिसत आफ्नो शक्ती लगाउने गर्छिन र निर्देशकले दिएको चरित्रलाई पूर्ण रुपमा न्याय गर्छिन । उनले गरेको म्युजिक भिडियोमा एकदमै नेचुरल अभिनय देखिन्छ । जसको कारणले उनलाई दर्शकहरुले मन पराउछन । यती मात्र नभएर उनि निकै बौद्दिक र अनुसासित पनि छिन ।
उनले जुन अनुशासन, सस्कार र आदर्स आफ्ना आमा र बुवा बाट सिकेकी हुन ।
उनि शारीरिक रुपमा जति सुन्दर छिन मानसिक रुपमा पनि त्यतिनै सुन्दर छिन् । एक हिसाबले भन्ने हो भने उनि सकारात्मक सोचले निकै धनि छिन जसले उनलाई निरन्तर संघर्स गरिराख्न उत्प्रेरणा मिल्छ । गरिमा शर्मा म्युजिक भिडियोमा झैँ चलचित्रमा पनी दर्शकहरुको अपार माया पाउने आसा गर्छिन ।
यस चलचित्रमा अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यस अघि नै अनुबन्धित भैसकेकी छन्। अभिनेता सार्वजनिक नगरेको फिल्म निर्माण टिमले फस्टलुकसँगै अभिनेता सार्वजनिक गर्ने सोच बनाएको छ।
चलचित्र घनश्याम लामिछानेले निर्देशन गर्नेछन्। निर्देशक लामिछानेले यसअघि ‘धौली, अग्निदहन र पञ्चेबाजा’ लगायतका फिल्म निर्देशन गरिसकेका छन्। यो चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। फिल्म आगामी असारबाट छायांकनका जाने छ।
चलचित्रमा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माताले संयुक्त रुपमा लगानी गर्नेछन्।










