•            
    • sajhaonlinetv. com

    • १२ जेष्ठ २०७९, बिहीबार १८:३५

    काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित, केशव स्थापित तेस्रोमा खुम्चिय

    काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन् ।  महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह नेपाली काँग्रेसकी सिर्जना सिंहलाई २३ हजार ४२६ मतान्तारले पराजित गर्दै निर्वाचित भएका छन् ।  स्वतन्त्र उम्मेदवार साहले ६१ हजार ७६७ मत प्राप्त गरेका हुन् ।

    साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याएकी छन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् । 

    महानगरको उप मेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । डंगोलले ६८ हजार ६१२ ल्याएकी छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले  २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।
    काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ रहेका थिए । निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको र त्यसमध्ये ७ हजार ६८२ मत बदर भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।  गत वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै