•            
    • sajhaonlinetv. com

    • १३ जेष्ठ २०७९, शुक्रबार ०६:१९

    अब म होइन, मभन्दा माथि काठमाडौं र काठमाडौं भन्दा माथि देश छ भनेर काम गर्छौँ : नव निर्वाचित उपमेयरमा सुनिता डंगोल

    काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित सुनिता डंगोलले आफूले जनताको सेवकका रुपमा काम गर्ने बताएकी छिन । उनि नेकपा एमालेबाट प्रतिस्पर्धा गरेकी उनले ६८ हजार ६१२ मत ल्याएर काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी हुन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपमेयरमा विजयी भएको औपचारिक घोषणा गरेपछि मतदातालाई शुक्रबार सम्बोधनका क्रममा डंगोलले काठमाडौं महानगरपालिकालाई जीवन्त बनाउने वाचा गरिन्।

    हामीले सोचेको जस्तै जीवन्त काठमाडौं बनाउँछौँ। तपाईंहरुले खोजे जस्तै कलात्मक काठमाडौं बनाउँछौँ’, उनले भनिन्, ‘मतदाताको यो आशालाई शिरोपर गर्ने हो भने अब हामीले खुट्टा तान्ने प्रवृत्ति त्याग्नु पर्छ। हामीले राष्ट्रको शासक होइन सेवक बन्नुपर्छ।’

    उनले आफू जनताको सेवक बन्न तयार भएर चुनावी मैदानमा उत्रिएको पनि बताइन्। ‘म जनताको सेवक बन्न तयार छु। राम्रो काममा कहिले बाधक बन्ने छैन’, उनले भनिन्, ‘अब हामी सबैजना एक ढिक्का भएर लाग्नुपर्छ। युवा पुस्ता नयाँ ऊर्जासहित आएका छन्। युवाहरुले आलोचना मात्रै होइन, एकअर्कालाई साथ दिने गरी लाग्नुपर्छ।’

    अब आफूहरुको पहिलो प्राथमिकता काठमाडौं सुन्दर बनाउने रहेको उनले बताइन्। ‘अब म होइन, मभन्दा माथि काठमाडौं र काठमाडौंभन्दा माथि देश छ भनेर काम गर्छौँ’, उनले थपिन्, ‘म राजनीति फोहोरी खेल होइन भन्न चाहन्छु। राजनीति फोहोरी खेल हो, यसमा पाइला टेक्नु हुँदैन भन्ने कुरा गर्नु हुँदैन। यसो भन्नेलाई हामीले सन्देश दिनुपर्छ।’ उनले मतदाताको आशाको दीपलाई कदापि मर्न नदिइने पनि बताइन्। ‘हामीलाई काममा साथ दिनुस् गल्ती गरेमा खबरदारी गर्नुस्’, उनले थपिन्, ‘अबका पाइला फूलै फूलले भरिएका मात्रै छैनन्, काँडा पनि भरिएका छन्।’

    उनले जिताउन जसरी जनताले साथ दिए, त्यसैगरी काठमाडौंको विकास गर्न पनि साथ दिन अपील पनि मतदातालाई गरेकी छन्। डंगोल काठमाडौंमा सबैभन्दा लोकप्रिय मतसहित उपमेयरमा विजयी भएकी हुन्। 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै