•            
    • sajhaonlinetv. com

    • १४ जेष्ठ २०७९, शनिबार ०४:३२

    इन्डियन प्रिमियर लिग : बेंग्लोरलाई हराउँदै राजस्थान फाइनलमा

    इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई हराउँदै राजस्थान रोयल्स फाइनलमा पुगेको छ। शुक्रबारको खेलमा राजस्थानले बेंग्लोरमाथि ७ विकेटको जित हात पारेको हो।

    शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। बेंग्लोरका लागि राजत पाटिदारले ५८ रनको पाली खेलेका थिए। 

    जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर १६१ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

    राजस्थानका लागि जोस बटलरले अविजित १०६ रनको पाली खेले। 

    अब आइतबार हुने फाइनल खेलमा राजस्थानले उपाधिको लागि गुजरात टाइटन्सको सामना गर्नेछ। 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै