जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव पुरस्कृत भएका छन् । यही बैशाख ३० गते भएको स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित ढङगले सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले एसपी यादवलाई पुरस्कृत गरेको हो ।

एसपी यादवलाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले यही जेठ १३ गते सुक्रवार पुरस्कृत गरेकी हुन् । उक्त अवसरमा यादवले जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नुका साथै पाएको जिम्मेवारीलाई इमान्दारी ढंगबाट निर्वाह गरेकोले पुरस्कृत गरिएको जनाइएको छ ।
यादव निकै इमान्दार र अनुसासित मानिन्छन । सिन्धुपाल्चोकका एक स्थानियका अनुसार जनाताको पिर मर्कामा सधै अगाडी सरेर जनताको सेवामा कृया सिल हुन्छन । प्रहरी भनेको त यादाव सर जस्तो हुनु पर्छ भनेर प्रसम्सा गर्छन ।










