•            
    • sajhaonlinetv. com

    • १७ जेष्ठ २०७९, मंगलवार १५:५१

    फुर्पा तामाङले नायिका मिरुनासँग माफी मागे, दुई पक्षबीच मिलापत्र

    नेपाली कथानक चलचित्र कबड्डी ४ को प्रदर्शनका क्रममा आफूलाई ब्याड टच गरेको आरोप नायिका मिरुना मगरले फुर्पा तामाङलाई लगाएपछि देखिएको विवाद मिलेको छ।

    दुवै पक्षले केही बौद्ध लामा गुरुहरु र कबड्डी सिरिजका अभिनेता दयाहाङ राईसहितको उपस्थितिमा मिलापत्र गरेपछि यो विवाद मिलेको हो। सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरुलाई साथ दिन पुगेकी मिरुनाले ब्याड टच भएको आरोप फुर्पामाथि लगाएसँगै उत्पन्न विवादलाई लिएर दुवै पक्षले गल्ती स्वीकारेका छन्। 

    ‘प्रदर्शनरत नेपाली कथानक चलचित्र कबडडी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा मिति २०७९ साल जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धी घटनामा मुग स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री समक्ष माफी मागेका र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी छिन्’, सहमति पत्रमा भनिएको छ। 

    भिक्षु भेषमा रहेका लामा निर्दोष हुँदा हुँदै उनलाई फसाउने काम भएको भन्दै मंगलबार चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको थियो। 

    त्यहाँ लामाको पक्षमा उत्रिएकाहरुले कबड्डी-४ को पोस्टर जलाएका थिए। त्यस्तै लामालाई रिहा गर्न र मिरुनाले माफी माग्नुपर्ने अडान पनि उनीहरुले लिएका थिए। अन्तिममा फुर्पाले माफी माग्दै यो प्रकरण टुंग्याउने प्रयास दुवै पक्षले गरेका छन्।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै