•            
    • sajhaonlinetv. com

    • १९ जेष्ठ २०७९, बिहीबार १७:०५

    पेट्रोल र डिजेलको प्रतिलिटर १० रुपैयाँ मूल्य घट्यो ।

    नेपाल आयल निगमले पेट्रोल र डिजेलको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ। यस्तै मट्टितेलमा पनि १० रुपैयाँ घटाएको छ । जुन मुल्य आज राती १२ बजे देखी लागु हुने छ ।

    नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगम सञ्चालक समितिले १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।

    सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो। निगमका अनुसार अब पेट्रोलको मूल्य १ सय ७०  रुपैयाँ प्रतिलिटर, डिजेलको १ सय ५३ रुपैयाँ र मट्टितेलको १ सय ५३ रुपैयाँ कायम भएको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै