यम के इन्टरटेन्मेनको प्रस्तुती नेपाली मौलिक लोक गीत “घिन घिन घिन्ताङ” को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।
चर्चित गायिका मिलन नेवार र उत्सव सुब्बा लामाको सुमधुर स्वर रहेको गीतको म्युजिक भिडियोको छायांकन हिजो शुक्रबार काठमाण्डौ र भक्तपुरको बिभिन्न सुन्दर र पर्यटकिय स्थलहरुमा सम्पन्न भएको छ ।
म्युजिक भिडियोको निर्देशन सविन कुमार तोलाङगीले निर्देशन गरेका छन भने मोडलिङमा उदयमान मोडल तथा खेलाडी दिपेन खड्काको साथमा चर्चित तथा सुन्दरी मोडल उसा उप्रेती र जुना सुन्दास रहेका छन । भिडियोमा अन्य कलाकारहरु पार्वति गिरी र रेशम गुरुड पनि रहेका छन् ।

कमल प्रसाद शर्माको निर्माण रहेको म्युजिक भिडियोमा छायांकन नवराज उप्रेतीको रहेको छ भने कोरियोग्राफी रबी डि बिटस्, सिंगार बिमला तामाङ ,फोटोग्राफी अनिल बिसी र मुख्य साहेक निर्देशन राजेन्द्र मर्हजनको रहेको छ ।
उक्त गितको शब्द सुरेन सिर्जन, संगित गायक उत्सव सुब्बा लामा र यारेन्ज, मास्टरीङ र मिक्सीङ संगितकार तथा गायक आर बि लामाको रहेको छ ।













