•            
    • sajhaonlinetv. com

    • २१ जेष्ठ २०७९, शनिबार १६:४५

    काठमाडौं महानगरपालिकाका मेयर शाहको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन ।

     आज शनिबार बिहान शाहले प्रचण्ड निवास खुमलटारमा पुगेर भेट गरेका हुन । भेटका क्रममा स्वतन्त्रबाट निर्वाचित मेयर शाहलाई प्रचण्डले बधाई दिँदै आगामी दिनका कामहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। 

    भेटमा प्रचण्डले काठमाडौंको मेयरका रुपमा स्वतन्त्र उम्मेदवार भएर भएको यो जितले अर्थपूर्ण सन्देश दिएको बताएका थिए। शाहका स्वकीय सचिव भूपदेव शाहले भेटबारे जानकारी दिँदै भने,‘उहाँले सुरुमा तपाईंको जित एकदमै ठूलो जित हो। यसले नयाँ सन्देश दिएको छ। यसले नयाँ अध्याय सुरु गराउन सक्ने संभावना पनि बोकेको छ।’

    मेयर शाहले राम्रो काम गरेको खण्डमा नेपाली राजनीतिमा अझै धेरै स्पेस रहेको प्रचण्डले उल्लेख गरेका थिए। ‘तपाईंले राम्रो काम गर्नुभयो भने नेपाली राजनीतिमा ठूलो स्पेस तपाईंका लागि छ भन्नुभएको छ’ शाहले नेपालखबरसँग भने। 

    सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्ने मेयर बालेन्द्रको सोचप्रति प्रचण्डले खुसी ब्यक्त गरेका थिए। ‘एउटा पार्टीलाई समात्ने र अर्को पार्टीलाई आलोचना गर्ने जुन प्रवृत्ति यसअघि अरुमा देखिएको थियो, त्यसलाई तपाईंले नयाँ तरिकाले सोच्नुभएको रहेछ,’ शाहले भने, ‘सबैलाई सहकार्य गरेर जाने कुरा एकदमै राम्रो लाग्यो। अबको दिनमा पनि यसैगरी सहकार्य गरेर जानुपर्छ। हाम्रो पनि समर्थन रहन्छ।’

    काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका बारेमा पनि भेटमा कुराकानी भएको थियो। प्रचण्डले त्यसका लागि आवश्यक सहयोग महानगरपालिकालाई गर्न आफू तयार रहेको बताएका थिए। ‘विशेषगरी सिसडोल र बन्चरेडाँडामा कस्तो खालको सहकार्य चाहिन्छ हामी तयार छौं भन्ने कुराहरु भयो’ शाहले भने।

    प्रचण्डलाई भेटेका शाहले आफू स्वतन्त्र युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने ध्येयका साथ आएको बताएका थिए।  नयाँ युवाहरु नयाँ जोशसहित राजनीतिमा आउनुपर्छ भन्ने भएर आएको बताउँदै प्रचण्डसमक्ष आगामी दिनमा सहयोग गर्नका लागि बालेन्द्रले अनुरोध गरेका थिए। ‘यहाँहरुको सहकार्य चाहिन्छ। म स्वतन्त्र हुँ,’ बालेन्द्रले प्रचण्डलाई भनेका थिए, ‘युवाहरु राजनीतिमा आउनुपर्छ र नयाँ प्रकारको राजनीतिमा आउनुपर्छ भन्ने तरिकाले आएको हुँ।’

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै